सरकारी तथा सार्वजनिक जग्गा खाली गर्ने सम्बन्धी सूचना ।
(दोस्रो पटक प्रकाशित मिति २०८३/०३/१८ गते)
पत्र संख्याः २०८२/०८३
चलानी नंः
सरकारी तथा सार्वजनिक जग्गा खाली गर्ने सम्बन्धी सूचना ।
(दोस्रो पटक प्रकाशित मिति २०८३/०३/१८ गते)
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ मा भएको स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत ऐ. ऐनको दफा ९७ मा गाउँपालिका तथा नगरपालिका क्षेत्रभित्रको सम्पत्तिको संरक्षण सम्बन्धित गाउँपालिका, नगरपालिकाले गर्नुपर्ने व्यवस्था रहेको तथा ऐ. ऐनको परिच्छेद ३, दफा ११ उपदफा २ खण्ड क (२) (छ) अनुसार सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कार्य स्थानीय सरकारको दायित्व अन्तर्गत रहने कानुनी व्यवस्था रहेको छ। यसै सन्दर्भमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ४१२, मिति २०८३।०१।१७ गतेको सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्वन्धमा परिपत्र समेत प्राप्त भएको हुनाले यस गाउँपालिका क्षेत्रभित्र रहेको सरकारी तथा सार्वजनिक जग्गा, नदी/खोलाको बहाव क्षेत्रको जग्गा, ऐलानी, पर्ती जग्गामा अनुमति विना निर्माण गरिएको सम्पुर्ण संरचनाहरु हटाउनु हुन भनि यस अघि यस कार्यालयवाट मिति २०८३/०१/२९ गते ३५ दिन भित्र त्यस्ता संरचनाहरु हटाउनु/खाली गर्नुहुन अनुरोध गर्दै सूचना प्रकाशन गरिएकोमा हाल सम्म पनि अटेर गरी सूचनाको अवज्ञा गर्दै नहटाएको पाईएकोले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र त्यस्ता संरचनाहरु हटाउनु/खाली गर्नुहुन अनुरोध छ। अन्यथा प्रचलित कानुन बमोजिम हुने व्यहोरा समेत सूचित गरिन्छ।
(फटिक कुमार श्रेष्ठ)
गा.पा.अध्यक्ष फठिक कुमार श्रेष्ठ मध्यक्ष